श्री शारदा माध्यमिक विद्यालयShree Sharda Secondary School
श्री शारदा माध्यमिक विद्यालय शिक्षा विकासका लागि स्थापित यस क्षेत्रको सबै विद्यालयमा पुरानो विद्यालय स्थापना कालका शिक्षा प्रेमी, समाजसेवी, बुद्धिजीवी व्यक्तिहरु तौला राम राना, भजोरा राना, भेदु राम खुना, डम्मर लाल चौधरी, नर्तमान राई, वीरचन्द बडायक, राम उग्र प्रसाद मुराउ, राजा राम राना, हरिशरण राना, छेदाराम राना आदिको सक्रियतामा यस विद्यालयको स्थापना वि.सं. २०१८ साल जेष्ठ २२ गते भएको हो । यस विद्यालयका संस्थापक प्रधानाध्यापक बेलौरी नगरपालिका वार्ड नं.- ५, रिछहा निवासी स्व. रामउग्र प्रसाद मुराउ रहनु भएको कुरा विद्यालय अभिलेख मा उल्लेखित छ । यस विद्यालयको स्थापना हुँदा कक्षा १ देखि कक्षा ३ सम्म कक्षा संचालन भएकोमा विकासको क्रम सँग सँगै विद्यालयको स्तर वृद्धि हुने क्रममा वि.सं. २०४१ सालमा कक्षा ५ सम्म तथा वि.सं. २०५६ साल देखि निम्न माध्यमिक तहको पठन पाठन कार्य प्रारम्भ भएको एवं यस क्षेत्रको जनसंख्या वृद्धि र विद्यार्थीहरुको बढ्दो चापका कारण विद्यालय लाई माध्यमिक तह सम्म विस्तार गर्नुपर्ने आवश्यकता देखिएकोले तत्कालिन विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री खडक सिंह विष्ट, शिक्षक अभिभावक संघ अध्यक्ष श्री बुझौना चौधरी को नेतृत्वमा समितिका सदस्य विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी, बुद्धिजीवी, व्यापारी आदिको सक्रियतामा पुनः एक पटक विद्यालयले वि.सं. २०६४-१२-२० गते माध्यमिक तहको अनुमती तथा वि.सं. २०७१/०५/०३ गते माध्यमिक तहको दरबन्दी प्राप्त गरेको छ । यस विद्यालयमा हाल बाल विकास देखी कक्षा १० सम्मको अध्ययन अध्यापन कार्य निरन्तर रुपमा भई रहेको छ । साथै २०७६ साल देखि ऋत्भ्ख्त् बाट मान्यता प्राप्त १८ महिने कृषि बाली विज्ञान कार्यक्रम ल्याउन सफल भएको छ ।
Shree Sharda Secondary School is one of the oldest educational institutions in the region, established on 22nd Jestha, 2018 B.S. through the dedication of education lovers, social workers, and intellectuals such as Taula Ram Rana, Bhajora Rana, Bhedu Ram Khuna, Dammar Lal Chaudhary, Nartaman Rai, Birchand Badayak, Ram Ugra Prasad Murau, Raja Ram Rana, Harisharan Rana, and Chedaram Rana.
श्री शारदा माध्यमिक विद्यालय नेपाल अधिराज्यको सूदुर पश्चिम विकास क्षेत्रको महाकाली अञ्चल कञ्चनपुर जिल्लाको सदरमुकाम भिमदत्त नगरबाट झन्डै ५० कि.मी. दक्षिण पूर्व तराईको फाँटमा रहेको बेलौरी नगरपालिका वडा नं. ६, विद्यानगरमा अवस्थित छ । यस विद्यालयको पूर्वमा श्री महाकाली बहुमुखी क्याम्पस पश्चिममा खैराना टोल र दक्षिणमा दुम्ली टोल र उत्तरमा श्री सनराइज बोर्डिङ्ग हाई स्कुल विद्यानगर रहेको छ । कृषि योग्य जमिन र हावा पानी राम्रो भएता पनि जाडोमा अति जाडो र गर्मीमा अति गर्मी हुने हुरी बतास आउने भूपरिवेस्ठित क्षेत्रमा बर्षायाममा बाढीले सताउने गरेको छ । यस क्षेत्रमा धान, गहुँ, तोरी, मसुरो र उखु अन्न बाली तथा नगदे बालीका रुपमा भित्राउने गरिन्छ ।
बेलौरी नगरपालिकाबाट उपलब्ध तथ्याङ्कका आधारमा विद्यालय अवस्थित समुदायको जनसंख्या २०६८ अनुसार ६२९ परिवारका १७५९ पुरुष तथा १८७२ महिला गरी कुल जम्मा ३६३१ जना रहेका छन् । जसमा महिलाको संख्या बढी देखा परेको छ । यस समुदायमा आदिवासी जनजाती, राना, चौधरी, गुरुङ्ग, मगर, दलित, बाहुन, क्षेत्री, ठकुरी तथा अन्य जात जाती बसोबास गर्दछन् । हिन्दु धर्माबलम्वी को संख्या बढी भए पनि इसाई धर्म मान्ने पनि छन् । विभिन्न जात जाति भाषा धर्म संस्कृति परम्परा अङ्गालेको यस समुदायका मानिसहरुमा धार्मिक सहिष्णुता पाइन्छ । एक अर्काको सुख दुखमा साथ दिने विभिन्न चाड पर्व र शुभ कार्य मिलीजुली मनाउने गर्दछन् । विभिन्न राजनैतिक दलहरुमा आवद्ध रहे पनि विद्यालयको विकासमा एक जुट भएरलाग्ने गरेका छन् । यस समुदायका मानिसहरु विभिन्न पेशामा संलग्न रहि आफ्नो जीवन निर्वाह गर्दछन् । खुद्रा व्यापार, तरकारी खेती, पशुपालन, वैदेशिक रोजगारी, सरकारी गैर सरकारी संघ संस्थामा नोकरी, ज्यालादारी मध्ये मुख्य रुपमा कृषि नै प्रमुख पेशा रहेको छ । खेती योग्य जमिनबाट धान, मकै, गहुँ, मसुरो, तोरी, उखु पैदावार राम्रो भए पनि बढ्दो महंगीको भार खप्न नसकेको हुनाले यस समुदायका अधिकांश मानिसहरु को आर्थिक अवस्था राम्रो नभएको देखिन्छ ।
विद्यालयको वरिपरिबाट अधिकतम संख्यामा पठन पाठन का लागि विद्यालयमा आउने सेवाग्राही विद्यार्थीहरुको बासस्थान विद्यालय सेवा क्षेत्र हो । बेलौरी नगरपालिका वार्ड नं. ६ को दुम्ली टोल, ढक्काचाँदर टोल, खैराना टोल, हात्तिबोझा बाट अधिकांश बालबालिकाहरु विद्यालय आउने गर्दछन् । भने बेलौरी न.पा. ५ र ६ रिछहा टोललाई समेत विद्यालयले सेवा प्रदान गर्दै आइरहेको छ । ऋत्भ्ख्त् बाट १८ महिने कषि जे.टी.ए. कार्यक्रम को मान्यता प्राप्त भए पश्चात यसको सेवा क्षेत्र अलि फराकिलो भई बे.न.पा. का सबै जसो वडा लगायत पु.न.पा. बाट पनि विद्यार्थी आउने गरेकाछन्। उपरोक्त विवरण अनुसार विद्यालयमा उपलब्ध भौतिक सुविधाहरुको अवस्था कमजोर रहेको छ । निजी स्रोतका शिक्षक कर्मचारीहरुको तलब भत्ता व्यवस्थापन गर्न विद्यालयको आम्दानीबाट आर्थिक व्ययभार थाम्न नसक्नु, आम्दानी भन्दा खर्च बढी हुनु ले भौतिक सुविधाको अप्रयाप्तता छ ।
The founding principal was the late Ram Ugra Prasad Murau, a resident of Richa, Ward No. 5, Belauri Municipality. Initially, classes were conducted from Grade 1 to Grade 3. With gradual development, the school expanded to Grade 5 in 2041 B.S., and to lower secondary level in 2056 B.S. Due to population growth and increasing student enrollment, the school was upgraded to secondary level on 2064/12/20 B.S., and received official approval for secondary-level positions on 2071/05/03 B.S.Currently, the school runs classes from Early Childhood Development (ECD) to Grade 10, and since 2076 B.S., it has successfully introduced an 18-month Agriculture Crop Science program recognized by CTEVT.
The school is located in Vidyanagar, Ward No. 6, Belauri Municipality, in Kanchanpur District, Mahakali Zone, Far-Western Development Region of Nepal. It lies about 50 km southeast of Bhimdutta Municipality, the district headquarters.
East: Shree Mahakali Multiple Campus
West: Khairana Tole
South: Dumli Tole
North: Sunrise Boarding High School, Vidyanagar
The area is fertile for agriculture, though it faces challenges such as extreme cold in winter, hot summers, strong winds, and floods during monsoon. Major crops include rice, wheat, mustard, lentils, and sugarcane.
According to Belauri Municipality statistics (2068 B.S.), the community has 629 households with a population of 3,631 (1,759 males and 1,872 females). The community is diverse, with ethnic groups such as Rana, Chaudhary, Gurung, Magar, Dalit, Brahmin, Chhetri, Thakuri, and others.
Most people follow Hinduism, though Christianity is also present. Despite differences in caste, language, and religion, the community shows religious tolerance and unity, celebrating festivals and supporting each other in times of need.
Occupations include agriculture, livestock farming, vegetable cultivation, small trade, wage labor, foreign employment, and jobs in government and non-government organizations. Agriculture remains the main livelihood, though rising costs have weakened the economic condition of many families.
The school serves students mainly from Dumli Tole, Dhakkachandar Tole, Khairana Tole, and Hattibojha in Ward No. 6, as well as Richa Tole in Wards 5 and 6. After the introduction of the 18-month JTA Agriculture program, its service area expanded to cover almost all wards of Belauri Municipality and even neighboring Punarbas Municipality.
Despite its achievements, the school faces challenges in terms of physical infrastructure and financial resources, as income is insufficient to cover expenses, especially for salaries of teachers and staff hired from private sources.
गुणस्तरीय, समावेशी र व्यावहारिक शिक्षामार्फत सक्षम, आत्मनिर्भर र जिम्मेवार नागरिक निर्माण गरी समृद्ध समाजको आधार तयार गर्ने।To build the foundation of a prosperous society by developing capable, self-reliant, and responsible citizens through quality, inclusive, and practical education.
विद्यार्थीको ज्ञान, सीप, चरित्र र सिर्जनशीलता विकास गर्दै आधुनिक, प्रविधिमैत्री र जीवनोपयोगी शिक्षा प्रदान गर्ने तथा समुदायसँग सहकार्य गरी शैक्षिक उत्कृष्टता हासिल गर्ने।To achieve educational excellence by developing students’ knowledge, skills, character, and creativity through modern, technology-friendly, and life-oriented education in collaboration with the community.
विद्यालयले गुणस्तर, समावेशिता, अनुशासन, इमानदारी, सहकार्य, सिर्जनशीलता र जिम्मेवारीलाई मूल मूल्यका रूपमा अंगीकार गर्दै सबै विद्यार्थीलाई समान अवसर, सम्मान र सहयोग प्रदान गर्दछ।The school embraces quality, inclusiveness, discipline, integrity, collaboration, creativity, and responsibility as its core values, providing equal opportunity, respect, and support to every student.
इतिहास विवरण थपिएको छैन।History entries coming soon.

विद्यालयको समग्र विकास शिक्षक विद्यार्थी, अभिभावक र समुदायको साझा प्रयासबाट मात्र सम्भव हुन्छ । प्रधानाध्यापकका् रुपमा मेरो लक्ष्य गुणस्तरीय शिक्षा अनुशासित वातावरण र विद्यार्थीको सर्वाङ्खीय विकास सुन…The overall development of a school is possible only through the collective efforts of teachers, students, parents, and the community. As the Principal, my goal is to ensure quality education, a disci…
पूरा सन्देश पढ्नुहोस् →Read full message →
प्रिय अभिभावकज्यू, विद्यार्थी भाइबहिनीहरू तथा सम्मानित सरोकारवालाहरू,हाम्रो विद्यालय केवल पठनपाठन गर्ने संस्था मात्र नभई अनुशासित, सक्षम, नैतिक तथा जिम्मेवार नागरिक उत्पादन गर्ने साझा शैक्षिक थलो हो।…Dear Parents, Students, and Respected Stakeholders, Our school is not only an institution for teaching and learning but also a common educational platform that nurtures disciplined, capable, ethical,…
पूरा सन्देश पढ्नुहोस् →Read full message →